फाल्गुण ७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका छन् । प्रधानमन्त्री ओली महाराजगञ्जमा रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि गएका हुन् । उनी परीक्षण पछि आजै निवास फर्किने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।