चैत्र ७, काठमाण्डौ । प्रदेश २ को सरकारले प्रदेशसभामा छलफलका लागि प्रस्तुत गरेको प्रदेश सञ्चार विधेयकमाथि ६ जना प्रदेशसभा सदस्यहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेश सञ्चार विधेयकमाथि संशोधन गराउने सांसदहरूमा राजपाका प्रदेशसभा सदस्य सुरिता साह, विदेश्वरप्रसाद यादव, डा रिना यादव, समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य चमेलीदेवी दास, प्रमुख प्रतिपक्षी नेकपाका प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा र प्रदेशसभा सदस्य गोविन्द न्यौपाने रहेका छन् ।