एनआरएनले कोरोनाविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड सहयोग गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र १०, सोमबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । गैर आवासीय नेपाली संघ एनआरएनले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय संघको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद आईसीसी को बैठकले गरेको हो ।

संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित नेपाल सरकारको केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस