नेपालमा एकजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी, टेकु अस्पतालमा उपचार हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १०, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजिटभ भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कतार हुँदै नेपाल प्रवेश गरेका एक नेपालीलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् ।

विदेशबाट आएका ६०० जनाको कोरोना परीक्षणका क्रममा एकजनालाई कोरोना भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ । उनलाई आइतबार पोजेटिभ देखिएको बताइएको छ । गत साताको मंगलबार नमुना संकलन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस