चैत्र १०, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा सावधानी अपनाउको लागि नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा आफ्नो सांसद वापत सरकारी सेवाबाट प्राप्त भएको एक महिनाको तलव जम्मा गर्ने घोषणा गरेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं। ८ सुडालमा नेपाल सरकारबाट २ करोड र इन्डियाको एक्जिम बैंकबाट ३ करोड गरी ५ पाँच करोडको लागतमा निर्माणको क्रममा रहेको सडक विस्तारको अनुगमन तथा निरिक्षणका क्रममा स्थानीयवासी तथा पत्रकारसँग भएको कार्यक्रममा उक्त घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण नेपालमा एक जनामा देखि सकेको अवस्थामा सवै तवरले तयारी रहनु अहिलेको अपरिहार्य रहेको औंल्याउँदै उनले कोरोना भाइरसको संक्रमणबाट आतंकित हुने नभई सावधानी अपनाउन आम नेपाली जनतालाई आग्रह गरे । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले कुनै पनि विकल्प गर्न तयार रहेको उल्लेख गर्दै उनले तीन वटै तहका सरकारले व्यवस्थित र प्रभावकारी कदम चालिरहेकाले सम्पूर्ण आम नागरिक आतंकित नभई सेल्फ क्वारेन्टाईनमा बस्नलाई अपिल समेत गरे ।
वर्तमान विश्व जगतमा नै आर्थिक तथा स्वास्थ्य क्षेत्रमा परेको जटिल समस्यालाई विशेष ध्यानमा राखी सेवा तथा सहयोगन नै मानविय धर्म भएको उल्लेख गर्दै उनले सवै सांसद, कर्मचारी, उद्योग व्यावसायी तथा अन्यसम्पूर्ण सहयोगी महानुभावहरुलाई समेत आग्रह गरे । कोरोना भाइरसको संक्रमणले विश्वमा आर्थिक सम्पन्न राष्ट्र तथा विकसित मुलुकमा समेत महामारिको रुपमा फैलिएको उल्लेख गर्दै उनले नेपाल हालसम्म सुरक्षित रहेको बताउँदै आत्मविश्वासलाई दरविलो बनाई सरकारले दिएको निर्देशन तथा चिकित्कसले दिएको सल्लाहलाई पालना गर्न आम नागरिकलाई आग्रह गरे ।
मानिस रहे विकास आवश्यक हुने उल्लेख गर्दै उहाँले स्वास्थ्यलाई विशेष ध्यान दिन जरुरी रहेको औंल्याउँदै नेपालमा कोरोना संक्रमणको वारेमा सामाजिक सञ्जालमा आएका विभिन्न प्रकारका अनावश्यक हल्लाको पछि नलाग्न सवैलाई आग्रह समेत गरे । बजारमा आएका हल्ला जस्तो नेपालमा कुनै पनि समस्या नरहेको स्पष्ट पार्दै उनले सरकारले दिएको सूचनालाई आधार मानि सोही अनुसारको कार्य तथा सरकारको कार्यलाई अनुसरण र पालना गर्न आम नागरिकमा अपिल गरे ।