दूतावासको अपील-‘भारतमा भएका नेपालीहरु यथास्थानमा सुरक्षित बस्नुस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १०, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । भारतमा रहेका नेपालीलाई आफू बसेकै ठाउँमा सुरक्षित भएर बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ्य महामारीबाट सुरक्षित हुन दूतावासले विज्ञप्तीमर्फत आग्रह गरेको हो ।

नेपाल सरकार तथा नेपाली राजदूतावास, नयाँ दिल्ली र भारत सरकार तथा भारतका विभिन्न राज्य सरकारले जारी गरेका निर्देशनको सम्मान तथा पूर्णरुपमा पालना गर्दै आफु तथा आफ्नो परिवार सुरक्षित रहन भारतमा रहनु भएका नेपालीलाई यस राजदूतावास हार्दिक अपिल गर्दछु, विज्ञप्तीमा उल्लेख छ । संक्रमण फैलन नदिन भारतले रेल, बस लगायतका लामो दुरीका यातायातका साधनमा बन्देज लगाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस