सोमबारदेखि ९ दिनका लागि वीरगन्जमा अघोषित लकडाउन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १०, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र १०, वीरगन्ज । वीरगन्ज महानगरपालिकाले महानगरमा सोमबारदेखि ९ दिनका लागि अघोषित लकडाउन गरेको छ । कोरोना संक्रमणको सन्त्रासबाट जोगिन महानगरपालिकाले चैत १८ गतेसम्मका अघोषित लकडाउन गरेको हो । यो अवधिमा आकस्मिक कार्यबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

९ दिनसम्म किराना, दुध , तरकारी , औषधीका पसल, अस्पताल , एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सेवा मात्रै खुल्ला रहने र यी बाहेका पसल सेवाहरु भने बन्द गर्ने निर्णय महानगरले गरेको छ । अत्यावश्यक सेवाका लागि बजार वा पसल जानु परेको खण्डमा , घरबाट एक जना मात्रै जानु पर्ने र सेवा लिइ तुरुन्तै घर फर्किनु पर्ने निर्णय पनि महानगरले गरेको छ । कुनै पनि स्थानमा ३÷४ जना भन्दा बढी मानिस भेला हुन नपाइने निर्णय पनि गरिएको नगर प्रमुख सरावगीले जानकारी दिए । अतिआवश्यक सेवा दिने पसल र संस्थाले पनि भीडभाड नगराइ एक एक जना सेवाग्राहीलाइ मात्र सेवा प्रवाह गर्नु पर्ने निर्णय गरिएको सरावगीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस