चीनले भन्यो-‘नेपालप्रति हाम्रो प्रार्थना छ, नेपालको साथमा चीन छ, नआत्तिनुस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ११, मंगलबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाडौं । कोरोना संक्रमणविरुद्धको अभियानमा चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले कोरोना विपत्तिलाई मध्यनजर गर्दै देशभर लकडाउनको घोषणा गरेलगत्तै चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा रहेको बताएकी हुन् ।

नेपाल सरकारले मुलुकभर लकडाउनको घोषणा गरेलगत्तै राजदूत यान्छीले ट्वीट गर्दै नेपाललाई सहयोग गर्न चीनले मेडिकल सामाग्रीहरु मिलाउँदै गरेको र आवश्यक सहयोग गर्न तयार रहेको बताएकी छिन् । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि चीनले आवश्यक सहयोगको सूचि नेपालसँग पनि मागेको थियो ।

चीनले सहयोगको सूची मागेलगत्तै नेपालले केही महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरुको सूची उपलव्ध गराइसकेको छ । सोमबार नेपालमा सरकारले देशैभर लकडाउन घोषणा गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस