‘कोरोना संक्रमित किशोरीलाई थप इन्फेक्सन नभए एकहप्ताभित्र डिस्चार्ज गर्छौ’ : डा राजभण्डारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ११, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाण्डौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत कोराना संक्रमित किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा कुनै जटिलता नदेखिएकाले सामान्य ढंगले उपचार भइरहेको अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले बताए ।

डा बास्तोलाका अनुसार संक्रमण पुष्टि भएकाले अब उनको सम्पूर्ण उपचार सोही अस्पतालमा हुनेछ। किशोरीलाई अहिले आइसोलेशनमा राखेर उपचार भइरहेको छ । भाइरस अरुलाई नसरोस भनेर उनलाई आइसोलेशनमा राखिएको हो । आइसोलेशनको सुरुको अवधि एक हप्ताको हुने र त्यसपछि फेरि अर्को रिपोर्ट आउने अस्पतालका निर्देशक डा। सागर कुमार राजभण्डारीले बताए ।

संक्रमित किशोरीमा कोरोना भाइरसको जुन दिन इन्फेक्सन छैन भन्ने देखियो त्यो दिन उनलाई डिस्चार्ज गरिने डा राजभण्डारीको भनाई छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीको कोरोना परीक्षणमा भाइरस पोजेटिभ देखिएपछि सरकारले सोमबार सार्वजनिक गरेको थियो । ती किशोरी संक्रमित भएको सार्वजनिक भएलगत्तै सरकारले कोरोना फैलिन नदिन सरकारले आजदेखि लागु हुनेगरी एक हप्तासम्म पुरै देश लकडाउन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस