राप्रपाले कोरोना उपचार कोषमा ५ लाख जम्मा गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र १२, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र १२, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस उपचार, रोकथाम तथा नियन्त्रण कोषमा पाँच लाख रूपैयाँ जम्मा गर्ने भएको छ । राप्रपाका कोषाध्यक्षद्वय गणेश चन्द र चन्द्रबहादुर गुरुङले आज मङ्गलबार प्रेस विज्ञप्तीमार्फत सरकारले स्थापना गरेको कोषमा रकम सहयोग गर्ने जानकारी गराएका हुन् । सरकारले ५० करोड रूपैयाँको कोष निर्माण गर्ने घोषणा गरेको छ ।

नेपालमा पनि कोरोना भाइरसको जोखिम बढेपछि गत शनिबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमितको उपचारदेखि रोकथाम र नियन्त्रणका लागि कोष आवश्यक रहेको जनाएको थियो । उक्त कोषमा उद्योगी, व्यवसायी, सरकारी निकायदेखि समाजसेवीहरूले स्वेच्छिक रूपमा रकम जम्मा गर्दै आएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मङ्गलबार बसेको बैठकले पनि साता दिनभित्रमा जम्मा गरेको रकम कोषको खातामा राख्नु पर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस