चैत्र १४,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङले वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै चीनका राष्ट्रपतिसँग वार्ता गरेको जानकारी गराएका हुन् ।
कोरोना भाइरसविरुद्ध लड्न चीनको प्रयास सराहनीय रहेको ट्रम्पले जनाउँदै आफूहरूले पनि सँगै काम गरिरहेको ट्रम्पको भनाइ छ ।
‘भर्खर चीनको राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेर्र राम्रो प्रयास गरिरहेको छ ट्रम्पले ट्वीटमा भनेका छन् ‘हामी सँगसँगै काम गरिरहेका छौँ ।’
चीनको वुहानबाट सहरमा गत डिसेम्बरमा देखिएको कोरोना भाइसको संक्रमण विश्वभर फैलिएको छ । केही समय पहिले चिनियाँ भाइरस भन्दै राष्ट्रपति ट्रम्पले भनेपछि चीन अमेरिकासँग रुष्ट बनेको थियो ।