चैत्र १८, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पताल वा होटेलमा राख्ने तयारी गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा खेम कार्कीले कोरोना भाइरसको महामारी फैलिएका अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजीक रहेका अस्पताल वा सुविधासम्पन्न होटलमा बस्ने र खाने व्यवस्था तयारी गरिएको जानकारी दिए ।
सरकारले यसअघि उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन निःशुल्क बीमा, थप सुविधालगायत निर्णय गरिसकेको छ ।