क्वरेन्टीनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र १९, काठमाण्डौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि अनिवार्य रुपमा क्वरेन्टीनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भएको छ । कोरोना सङ्क्रमणको पछिल्लो अवस्था हेरेर सरकारले अनिवार्य रुपमा क्वरेन्टीनमा बस्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने रणनीति लिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले सङ्क्रमण फैलावटको प्रकृति हेरेर सरकारले अनिवार्य क्वरेन्टीनको व्यवस्था कडाइका साथ पालना गराउने विषयलाई प्राथमिकतामा राखेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस