देशभर क्वारेन्टाइनमा बस्ने ४१ सय बढी, आइसोलेसनमा ७७ जना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र १९, काठमाण्डौ । कोरोना भाइरस कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि अहिले देशभर ४ हजार १ सय ९० जनालाई क्वारेन्टाइनमा राखिएको छ । यो संख्या मंगलबारसम्म क्वारेन्टाइनमा बसेकाहरुको हो । आइेसोलेसन बेडमा उपचार गर्नेको संख्या ७७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर अहिले कूल १९ हजार ३ सय ५८ बेडको क्वारेन्टाइन तयार पारिसकिएको छ। यीमध्ये ४ हजार १ सय ९० बेडहरु भरिएका हुन् । देशभर तयार पारिएका २ हजार ३ सय ७६ आइसोलेसन बेडमा अहिले ७७ जना शंकास्पद विरामीहरु रहेका छन् ।

सबैभन्दा बढी क्वारेन्टाइन बेड प्रदेश ५ मा तयार पारिएको छ । प्रदेश ५ मा अहिले ३ हजार ४ सय ८३ वटा क्वारेन्टाइन बेड तयार गरिएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ३ हजार ५३, प्रदेश २ मा १ हजार ९ सय ९७, बागमती प्रदेशमा २ हजार ७ सय ४०, गण्डकी प्रदेशमा २ हजार ८ सय ८५, कर्णाली प्रदेशमा २ हजार ३० र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ७० क्वारेन्टाइन बेड तयार पारिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस