चीनबाट ल्याएको सामाग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्यमन्त्री ढकाल विरुद्ध उजुरी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र १९, काठमाडौ । स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कोरोना भाइरस रोकथामको लागि चीनबाट ल्याएको सामाग्रीमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको हो । विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेश सभाका सदस्य रमेश पौडेलले बुधवार उजुरी दिएका हुन् ।

उजुरीमा खरिद कार्यमा आफू निकट व्यापारीलाई सेटिङ मिलाएको, अनुभव नै नभएको कम्पनीलाई खरीद अनुमति दिएको जस्ता कुरा उल्लेख गर्दै उजुरी दिएको हो । त्यस्तै विश्व स्वास्थ्य संगठनको सिफारिस नगरेको सामाग्री खरीद गरिएको भन्दै उजुरी दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस