चैत्र १९, काठमाण्डौ । नेपालमा कोरोना भाइरसको परीक्षण गराउनेको संख्या बुधबारसम्म ११ सय ३३ पुगेको छ भने देशभर यसको शंका गरिएका ९९ बिरामी आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी अपडेटका लागि दैनिक गर्ने लाइभ कार्यक्रम अन्तर्गत बुधबार दिउँसो प्रवक्ता डा. विकास देवकोटाले आज नयाँ ७३ बिरामीको नमुना परीक्षणको नतिजा आएको जानकारी दिएका हुन ्। योसँगै नेपालमा कोरोना परीक्षण गराउनेको संख्या १ हजार १ सय ३३ पुगेको हो ।