कोरोना सङ्क्रमित ६ मध्ये तीन जना एउटै जहाजबाट नेपाल आएका यात्रु भएको पुष्टि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २१, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २१, काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएका ६ जनामध्ये तीन जना एउटै जहाजबाट नेपाल आएका खुल्न आएको छ । पछिल्लो पुष्टि भएको सङ्क्रमण गएको चैत ४ गते कतारको दोहा हुँदै काठमाण्डौ आएकी एक महिलामा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चैत ४ गते कतारबाट आएको क्यू आर ६५२ जहाजमा आएका यात्रुमध्ये अहिलेसम्म तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार छैटौँ संक्रमित महिला काठमाण्डौ उपत्यका बाहिरकी हुन् । यसअघि यही जाहाजमा फ्रान्सबाट आएकी काठमाण्डौकी एक युवती र बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बाग्लुङकी १९ वर्षिया युवतीमा संक्रमण देखिएको थियो । उनको बाग्लुङमा नै उपचार भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । कोरोना संक्रमित ६ मध्ये एकजना उपचारपछि घर फर्किसकेका छन भने पाँच जनाको उपचार भइरहेको छ । उनीहरको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टरले बताएका छन् ।

यसैक्रममा भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । भारतमा अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएको छ । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित भएको बताइएको छ । भारतीय अधिकारीहरुले यो अवस्थालाई निकै गम्भीर भनेका छन् । उनीहरुले यसैगरी नयाँ सङ्क्रमित थपिँदै जाने हो भने देशको अवस्था झनै गम्भीर हुने बताएका छन ।
भारतमा अहिलेसम्म यो सङ्क्रमणबाट कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । सङ्क्रमितहरुमध्ये १४३ जना निको भएर घर फर्किएका छन् । अरु सबैजना अस्पतालमा उपचाररत छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा प्रत्येक दिन नयाँ नयाँ सङ्क्रमितहरु थपिँदै जान लागेकोले लकडाउनको अवस्थामा थप कडाइ गर्नुपर्ने धारणा राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस