समाजवादी फुट्यो ! रेणु यादवको नेतृत्वमा नयाँ पार्टी बनाउने निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ११, बिहिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौ । समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन्।

यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा र सुरेन्द्र यादव र रेणुका गुरुङले सो निर्णय गरेको सो समूहका एक सांसदले बताए।

अलग पार्टी गठन गर्ने तयारीका लागि बुधबार साँझ बिद्रोही सांसदहरू रेणु यादवको शान्तिनगरस्थित निवासमा भेला भएका छन्। समाजवादी पार्टी स्रोतका अनुसार असन्तुष्ट पक्षले भोलि (बिहीबार) नै नयाँ पार्टी गठन गर्ने निर्णय गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस