जनता समाजवादी पार्टी दर्ता गर्न नेताहरु निर्वाचन आयोगमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख ११, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख ११,काठमाडौँ । पार्टी एकता भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी दलका नेताहरु नयाँ दल दर्ताका निर्वाचन आयोग पुगेका छन् ।

बुधबार राति राजपा र समाजवादीबीच एकता भएपछि नयाँ दल दर्ताका लागि नेताहरु आयोगमा पुगेको निर्वाचन आयोगले जनाएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने सहमति भएको छ ।

एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ । त्यसैगरि चुनाव चिह्न भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति भएको छ ।

राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरद सिंह भण्डारी र समाजवादी पार्टीबाट डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

दल विभाजन खुकुलो हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि पार्टी फुट्ने हल्लालाई चिर्दै राजपा र समाजवादी पार्टीबीच एकता भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस