बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु, लकडाउन अवधिको विषयमा निर्णय आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १२, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । बैठकले विवादित बनेको अध्यादेश र लकडाउनको बारेमा निर्णय लिने सम्भावना छ ।

बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । यस्तै लकडाउनको अवधि थप्ने या प्रभावित ठाउँमा मात्रै कडाइ गरेर अन्यत्र खुकुलो गर्ने भन्नेबारेमा पनि बैठकले निर्णय गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस