अनेरास्ववियूद्वारा विद्यार्थीलाई इन्टरनेटमा सहुलियत दिने विषयमा टेलिकमसँग छलफल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख १५, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

वैशाख १५, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल टेलिकमसँग विद्यार्थीलाई सरकारले घोषणा गरेको लकडाउनको समयमा अनलाईन अध्ययन गर्नुपर्ने भएकाले इन्टरनेट तथा डाटा, भ्वाइस प्याकमा सहुलियत दिने विषयमा छलफल गरेको छ ।

अनेरास्ववियूका संयोजक ऐन महर, टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीसँग टेलिकममा नै भएको छलफलमा डाटा र भ्वाईस कलको विषयमा व्यापक छलफल भएको छ । छलफलमा विद्याथीका तर्फबाट संयोजक महरले लकडाउन अवधिभर सकेसम्म निशुल्क गर्न आग्रह गरेका छन् । संयोजक महरले सम्भव नभए अत्याधिक सहुलियतको व्यवस्था गर्न निर्देशक अधिकारीसँग आग्रह गरे । सोही क्रममा निर्देशक अधिकारीले विद्यार्थीलाई सहुलियतको व्यवस्था चाँडैं गर्ने प्रतिवद्धता जनाएका छन् ।

छलफल पछि संयोजक महरले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उक्त कुराको जानकारी गराएका छन् । उनले भनेका छन् , ‘आज नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी ज्यू सँग अनेरास्ववियूको उहाँकै कार्यकक्षमा डाटा र भ्वाइस कलमा विद्यार्थीहरुलाई सहुलियत दिने बिषयमा छलफल भएको छ। हामीले बिश्वबिद्धालयहरुले  Online study शुरु गर्न शुरु गरेको तर टेलिकमको सेवा विद्यार्थी लाई महंगो भएकोले यसमा सम्भव भए निशुल्क नत्र अत्याधिक सहुलियत दिनको लागि र टेलिकमको सेवा सबैको पहुँचमा हुने गरि र सबै ठाउँमा दिने गरि अगाडि बढ्न आग्रह गरिएको छ र यसमा उहाँले आफू सकारात्मक भएको र विद्यार्थीलाई सहुलियत सेवा छिट्टै लागू गरिने जानकारी दिनुभएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस