राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच टेलिफोन संवाद

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन संवाद भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच सोमबार साँझ टेलिफोन कुराकानी भएको सिन्ह्वाले उल्लेख गरेको छ ।

सिन्ह्ववाका अनुसार राष्ट्रपति सीले कोभिड १९ विरुद्धको लडाईमा दृढतापूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुबीचको वार्तामा सीले दुई मुलुकहरूका स्वास्थ्य संस्थाहरुबीचको सम्पर्क र साझेदारी बलियो बनाउनेबारे जोड दिएको जनाइएको छ । नेपालमा कोरोना संक्रमणका कारण जारी लकडाउन र सत्तारुढ दलभित्रको आन्तरिक किचलो चलिरहेका बेला राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षीसँग टेलिफोन संवाद गरेकी हुन् । सन् २०१९ को डिसेम्बरको अन्तिमबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणमा चीनले उपलब्धीमुलक सफलता हात पारेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस