आजदेखि लकडाउनमा थप कडाइ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले आजबाट लकडाउनमा थप कडाइ गर्ने भएको छ । सोमबार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै गृह मन्त्रालयले लकडाउन थप कडाइ गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले लकडाउनको समयमा प्रशासनबाट अनुमति लिएर सवारीलाई गुड्न निर्देशन दिएको छ भने सडमाका हिँडेका र गुडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ ।

प्रहरीले अनावश्यक घर बाहिर ननिस्किन समेत आग्रह गर्दै आएको छ । प्रहरीले दैनिक साढे ३ सयभन्दा बढी सवारीलाई नियन्त्रणमा लिने गरेको छ । अहिले उपत्यकाभित्र ११ सय ट्राफिक प्रहरी कार्यारत छन् । उनीहरुलाई चार सिफ्ट गरेर चौबिसै घण्टा ड्युटीमा खटाइएको ट्राफिक प्रहरी महाशाखाले बताएको छ । सरकारले गत चैत ११ गतेदिख शुरु गरेको लकडाउनको समयावधि वैशाख २५ गतेसम्मका लागि लम्ब्याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस