पूर्वमाओवादी समूहका नेता खुमलटारमा भेला, यी बिषयमा हुँदैछ छलफल !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले आजै सचिवालय बैठक बस्ने दाबी गरेका छन् । आफूले मंगलबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको र उनले आजै बैठक बस्ने जानकारी दिएको बताए। शर्माले प्रचण्डसँग लामो कुराकानी नभएको बताए । आफूले भेटमा अहिले राजनीतिक घटनाक्रम ठिक ढंगले भइहरेका छैनन् अब के गर्ने भनेर सोधेको बताए । उनले नेकपाभित्रको मत भिन्नताको स्थिति चाँडै छलफलबाट टुंगिने बताएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको विषयमा आफूसँगको भेटमा छलफल नभएको शर्माको दाबी छ ।

नेकपाको आन्तरिक किचलो सतहमै आएका बेला प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय र स्थायी समितिको बैठक माग गरेका छन् । तर, प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहको माग टार्दै आएका छन् । ओली, नेपाल र प्रचण्ड आ(आफ्ना समूहका नेतासँग पछिल्लो केही दिनयता छलफलमा जुटेका छन् । सरकारले पार्टीलाई खबर नै नगरी अध्यादेश ल्याएको भन्दै नेकपाभित्रको विवाद पेचिलो बन्न थालेको छ। ओली समूह इतरका २० स्थायी समिति सदस्यले प्रचण्ड र ओलीलाई पत्र लेख्दै तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए । पार्टी संरचनामा अल्पमतमा रहेका ओलीले बैठकमा आफूमाथि दबाब पर्ने भन्दै अध्यादेश फिर्ता लिइसकेकाले बैठकको औचित्य नभएको बताउँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस