प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा संसद भवनको अवलोकन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ बैशाख १७, बुधबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

वैशाख १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ बानेश्वरस्थित संसद भवनको संयुक्त अवलोकन गरेका छन् । संसद भवनको बैठक कक्षको अनुगमनका लागि प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षसहित कानुन मन्त्री शिवमाया तुम्बाहाङफे तथा संघीय संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीलगायतको टोली नयाँ बानेश्वर पुगेको हो ।

बुधबार बिहान प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको संसद अधिवेशन शुरु गर्ने विषयमा छलफल भएको थियो । त्यसक्रममा सभामुखले बैठक कक्ष तयार भइरहेको जानकारी गराएपछि प्रधानमन्त्रीले आफैं हेर्ने इच्छा जाहेर गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । सचिवालयका कार्यवाहक महासचिव योगीका अनुसार सचिवालयले सामाजिक दुरी कायम गरेर बैठक बस्न मिल्ने गरी बनाइरहेकाले आज सबैले संयुक्त अनुगमन भएको हो । त्यसक्रममा सभामुख सापकोटा र सचिवालयका कर्मचारीहरुले तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । कोरोनाभाइरस जोखिमका कारण २४ चैतमा अन्त्य गरिएको बर्खे अधिवेशन बोलाउने समय भइसके पनि जोखिमकै कारण कहिले बोलाउने टुंगो लागेको छैन । तर सचिवालयले बैठक बस्न सक्ने गरी बैठक कक्ष तयार हुने क्रममा रहेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस