सचिवालय बैठकअगाडि तीन नेतासँग प्रधानमन्त्री ओलीको संवाद, यस्ता भए गोप्य कुरा !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ बैशाख २०, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

वैशाख २०, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक बस्‍नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले तीनजना नेतासँग छलफल गरेका छन् । सुरुमा आफूपछि प्रधानमन्त्रीका रुपमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतमसँग वार्ता गरेका ओलीले अन्य दुई नेतासँग पनि वार्ता गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार साढे ५ बजेदेखि सचिवालय बैठक बस्‍नुअघि ओलीले सचिवालय सदस्य गौतमसँगै गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलसँग संवाद गरेका हुन् । महासचिव पौडेलले आजै आफ्नो भनाइ सार्वजनिक गर्दै तत्काललाई ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा नदिने बताएका छन्। भेटवार्तापछि उपाध्यक्ष गौतमले पनि ओलीले तत्काल दुवै पद छाड्नु नपर्ने निचोड निकालेको दाबी उनीनिकट एक नेताले गरेका छन् ।

यी तीनै नेता र प्रधानमन्त्रीबीचको छलफलमा ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु नपर्ने निचोड निकालिएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओली सचिवालयमा आफ्नो बहुमत जुटाउने कोशिशमा छन् । आजको बैठकमा आफ्नो पक्षमा बहुमत जुटेमा तत्कालको संकट टर्ने निचोड उनले निकालेका छन् । यसअघि बसेको सचिवालयमा पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधककुमार नेपालले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राखेका थिए । तर उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री बादल, महासचिव पौडेल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ भने यसबारेमा मौन बसेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस