पूर्वसञ्चारमन्त्री बस्नेतले कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ५, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ५,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन्।

धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् । यो सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए ।

त्यस्तै शिशुलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस