सामाजिक संजालमा पोस्टिएका नेपालको नक्सा गलत ! मन्त्री गुरुङले जनाए आपत्ति

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ ६, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ६,काठमाडौँ । नेपाल सरकारले नेपालको नयाँ नक्शा सार्वजनिक गरेकोमा सरकारको सबैतिर वाही वाही र बधाइको ओइरो आइरहेका बेला गण्डकी प्रदेश सरकारका एक मन्त्रीले नेपालको नयाँ नक्शा भन्दै सार्वजनिक गरिएको नक्शाप्रति आपत्ति प्रकट गर्दै त्यस नक्शालाई ‘चित्र’को संज्ञा दिएका छन्।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गएराती एक फेसबुक स्टाटस सार्वजनिक गर्दै सरकारद्वारा जारी देशको नयाँ नक्शाको नाममा सार्वजनिक भएका नक्शाहरुप्रति आपत्ति प्रकट गरेका छन्। उनले आफ्नो स्टाटसमा सरकारले नयाँ नक्शा पारित गरेपनि सार्वजनिक गरि नसकेको जिकिर गर्दै नयाँ नक्शाका नाममा जारी नक्शाहरुलाई ‘चित्र’को संज्ञा दिएका छन्। मन्त्री गुरुङले आफ्नो स्टाटसमा अघि लेखेका छन्, ‘नक्सा र चित्र एउटै कुरा होइन । यसमा ठुलो अन्तर र भिन्नता हुन्छ । नक्सा भनेको स्केलमा हुन्छ, जहाँ भुभागको निश्चित लम्बाई, चौडाई, उचाई तथा क्षेत्रफल निकल्न सकिन्छ । तर चित्रमा स्केल हुँदैन र निश्चित भुभाग निकाल्न सकिंदैन । चित्र चित्रकारले बनाउँछ, जहाँ स्केलको महत्त्व हुँदैन, सीप र कलाको मात्र महत्त्व हुन्छ ।”

प्रदेशका अर्थ मंत्री गुरुङले नेपालको नयाँ नक्शाका नाममा सार्वजनिक ‘चित्र’हरुमा प्रदेशको सिमाना गलत ढंगले कोरिएकोमा पनि आपत्ति जनाएका छन्। उनले सरकारले आधिकारिक नयाँ नक्शा सार्वजनिक गरि नसकेको अवस्थामा गलत अर्थ लाग्ने “चित्र” सार्वजनिक गरिनुलाई पनि महा अपराध पनि भनेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस