निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १०, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाण्डौ । सरकारले नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन गर्न संंसदमा संविधान संशोधन विधेयक दर्ता गराएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा संशोधन विधेयक दर्ता गराएको हो ।

कानुन मन्त्री डाक्टर शिवमाया तुम्बाहाङफेले हस्ताक्षर गर्नुभएको पत्र र परिवर्तित निशान छापसहितको विधेयक सचिवालयमा दर्ता भएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार जारी भएको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा अनुसार संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस