नेपाल–भारत सिमा विवाद कुटनितिक ढंगबाट समाधान गर्न आरबिएफको माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १२, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ १२,काठमाडौँ । एफएम रेडियोहरुको साझा संगठन नेपाल रेडियो ब्रोडकास्टर्स फोरम (आरबिएफ) ले छिमेकी राष्ट्र भारतसंगको सिमा समस्या कुटनितिक ढंगबाट समाधान गर्नुपर्ने बताएको छ । आज एक प्रेस बक्तव्य जारी गर्दै फोरमले कोरोना भाइरसको विश्वव्यापी महामारीका बीचपनि रेडियोकर्मीहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै पछिल्लो समय छिमेकी मुलुक भारत र चीनका सञ्चारमाध्यमले सिमा र सगरमाथाको विषयमा गरेको तथ्यहिन टिप्पणीले देशभक्त सबै मार्महत भएको जनाएको छ । विज्ञप्तीमा सदियौदेखिको छिमेकी मुलुकसंगको सम्बन्धमा नकारात्मक असर पर्नसक्ने समेत चिन्तासमेत व्यक्त गरिएको छ ।

फोरमले विज्ञप्तीमा भनेको छ–’छिमेकी राष्ट्रबाट प्रकाशित र प्रसारित केही सञ्चारमाध्यमहरु ती राष्ट्रहरुको संस्थापन पक्षसित प्रत्यक्ष सरोकार नराख्ने भएकोले यस्ता संचारगृहबाट प्रकाशित र प्रसारित केही सामाग्रीबाट विचलित नभई विगतमा झै सम्पुर्ण एफएम रेडियो क्षेत्रकै मर्यादा तथा गरिमालाई मनन गरी कोरोना भाइरसको महामारीबाट देशलाई सुरक्षित राख्न सहयोग गर्नुका साथै छिमेकी राष्ट्रहरुसंगको सिमा लगायत अन्य विवादलाई कुटनितिक वार्ताबाट समाधान गर्नका लागि सहयोग पुग्ने सत्यतथ्यमा आधारित समाचार तथा अन्य सामाग्रीहरु प्रशारण गर्न अनुरोध समेत गर्दछौँ ।’ फोरमले कोरोना भाइरसको महामारीका बीचपनि काम गरिरहेका रेडियोकर्मिहरुको लागि बिमा योजना ल्याउदै गरेको समेत जानकारी गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस