‘नेपाल–भारतबीचको सीमासम्बन्धी विवाद संवादको माध्यमबाटै हल हुन्छ’: भाजपा महासचिव माधव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १२, सोमबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

जेठ १२,काठमाडौँ । भारतीय जनता पार्टी (बीजेपी)का महासचिव राम माधवले नेपाल र भारतबीच जारी सीमासम्बन्धी विवाद संवादको माध्यमबाटै हल हुने बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले दुई देशबीच सुल्झाउनुपर्ने केही मुद्दाहरू रहेको भन्दै अहिले दुई देशबीच सम्बन्ध खराब नभइसकेको दाबी गरेका छन‍् ।

राम माधवले  केही हप्तायता नेपालमा भएको विकासक्रम अत्यन्त दुर्भाग्यपूर्ण रहेको समेत बताएका छन् । । नेपाल र भारतबीचको सम्बन्ध दुई सरकारबीच मात्रै होइन, जनस्तरसम्म छ । हाम्रो सभ्यता, संस्कृति एउटै हो । त्यसैले सूक्ष्म तहमा कसैले पनि यो सम्बन्धलाई भत्काउन सक्दैन । यो सम्बन्ध कायम रहन्छ तर मुद्दाहरू त सधैं चलिरहन्छन् ।’ उनले भनेका छन् ।

उनी अगाडि थप्छन्, ‘हाम्रो विदेश मन्त्रालयले कडारुपमा भनेको छ कि (नेपालको कदममा) प्रोत्साहन अन्यत्र कतैबाट आइरहेको छ । म भन्छु नेपाली नेतृत्वले अल्पकालीन राजनीतिक लाभको हिसाबले होइन, दीर्घकालीन हिसाबले सोच्नुपर्छ ।’

नेपाल र भारतबीच महाकाली नदीको उद्गमस्थलबारे विवाद रहेको उनले बताए । तर, नेपालले नयाँ नक्सा निकाल्ने हदसम्म जानुले आफूहरूलाई आश्चर्यमा पारेको उनको टिप्पणी छ ।

राम माधवले भने, ‘(नेपालको नयाँ नक्साले) भारतको सार्वभौमिकतामा गम्भीर प्रश्न उठाएको छ। भारतलाई असहज स्थितिमा पुर्‍याएको छ । अब यसलाई संवादबाट सुल्झाउनुपर्छ ।’

राम माधवले भने, ‘होइन, हाम्रो सम्बन्ध समाप्त भएको अवस्था छैन । सम्बन्धमा अप र डाउन हुन्छ । अहिले खराब समय हो । तर, मोदी नेतृत्वको सरकारले नै यो हल गर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस