जेठ १३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूको सुझाव अनुसार जनसङ्ख्याको दुई प्रतिशतसम्म कोरोना भाइरस रोग कोभिड–१९ को परीक्षण विस्तार गरिने बताएका छन् । कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण तथा रोकथाम सम्बन्धमा सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “कोरोना परीक्षणको दायरालाई विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा अगाडि बढाइने छ ।”
बन्दाबन्दीले समग्र अर्थतन्त्र र नागरिकमा पर्न गएको अप्ठ्यारोप्रति सरकार गम्भीर र संवेदनशील रहेको चर्चा गर्दै उनले भने, “महामारीबाट जनतालाई मुक्त गर्दै अर्थतन्त्रको रक्षा र रोग तथा भोकबाट जनतालाई जोगाउने सरकारको प्रमुख दायित्व हो ।” बन्दाबन्दीले जीवनलाई असहज बनाए पनि यसले सामाजिक दूरी कायम गर्न, सङ्क्रमित पहिचान गर्न र आइसोलेसनमा राख्न मद्दत पु¥याएको उनले सम्बोधनका क्रममा चर्चा गरे ।