संविधान संशोधन विधेयकमा राप्रपाले समर्थन गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ १४, बुधबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ १४,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो ।

सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विधेयकको पक्षमा मतदान गर्ने निर्णय पार्टीले गरेको जानकारी दिए ।

थ्रेस होल्डका कारण गत प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले दलको मान्यता पाउन सकेन । तर सो पार्टीबाट विजयी सांसद् राजेन्द्र लिङ्देन स्वतन्त्र सांसद्को भूमिकामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस