साउन ६,काठमाडौँ । देशकै सबैभन्द्या ठुलो ग्लोबल आइएमई बैंक यतिखेर सफलताको सिंढी उक्लिरहेको छ । बैँकले गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा पनि तीन अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।
जनतासँग मर्जपछि ग्लोबलको सबै सूचकमा बैँकको उल्लेख्य सुधार आएको छ । पछिल्लो रिपोर्ट अनुसार बैंकको निक्षेप संकलन ७६ प्रतिशतले बढेको छ भने कर्जा लगानीमा ७९ प्रतिशतको सुधार भएको छ । चैत मसान्तसम्म बैंकले दुई खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब रुपैया कर्जा बिस्तार भएको बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड छ, यो सँगै सबैभन्दा धेरै पुँजी भएको बाणिज्य बैंक बन्न सफल भएको छ । यो अवधिमा चुक्ता पुँजी ८४ प्रतिशतले बृद्धि भएको हो । त्यस्तै जगेडा कोषमा ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने पुँजी कोष अनुपात ११.२ प्रतिशत पुगेको छ ।
जनता बैंकसँग मर्ज भएपछि भने बैंकको खराव कर्जा बढेको छ । हाल बैंकको खराब कर्जा ०.३८ प्रतिशत बिन्दुले बढेर १.१४ प्रतिशत पुगेको छ ।
नाफा पनि बढ्दैछ्
ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा २ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ ।
बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार २ अर्ब ७० करोड २६ लाख १४ हजार ८ सय ९४ रुपैयाँ कमाएको हो ।
दुई ठूला वाणिज्य बैंकहरु (ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल) मर्ज भए बनेको यस बैंकले वित्तिय अवस्थामा राम्रै सुधार गरेको छ ।
यस्तो छ बैंकको सूचकहरूको अवस्थाः
बैंकले २५८ वटा शाखाहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १ सीडीएस एण्ड क्लियरिङ काउण्टर, २३ राजश्व संकलन काउण्टर, २४९ शाखारहित बैंकिङ्ग सेवा केन्द्र साथै २४५ वटा ए.टि.एम। को सञ्जालहरु मार्फत ७ वटै प्रदेशमा सेवा प्रदान गर्दै आएको छ ।
बैंकको अष्ट्रेलियाको सिड्नी, भारतको नयाँ दिल्ली तथा संयुक्त अधिराज्यको ह्याम्पशायरमा प्रतिनिधि कार्यालयहरु सञ्चालनमा रहिआएका छन् ।
ग्लोबल आईएमई बैँक सर्वसाधारणको पहिलो नजरमा
देशको सबैभन्दा ठुलो बाणिज्य बैक, त्यसमा अनुभवी र सफल नेतृत्व,कर्मचारीको लगनशिलताले बैँकलाई यो अवस्थामा पुर्याएको हो । खासगरी ग्लोबल आईएमई बैँकका अध्यक्ष चन्द्र ढकाल आफैमा एक अनुभवी नेतृत्व हुन । उनको बोलीका प्रभाव उनको बिजनेश स्टाफहरुमा पनि उत्तिकै छ ।
कर्मचारीको नरमता, छिटोछरितो र ग्राहकमैत्री वातावरणका कारण ग्लोबल आईएमई बैँक पछिल्लो समय सर्वसाधारणको पहिलो नजरमा पर्न थालेको छ । ग्लोबल आईएमई बैङ्कको सेवाग्राही (ग्राहक) संख्या २० लाख माथि छ । जुन नेपाली बैँकमा सबैभन्द्या बढी हो । बैँकले सामाजिक क्षेत्रमा पनि उत्तिकै सहयोग गरिरहेको छ ।