सरकारका जनविरोधी क्रियाकलापविरुद्ध माइतीघरमा नेपाली काँग्रेस (वी पी) ले प्रदर्शन गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन ३०, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज ३०, काठमाण्डौ । नेपाली काँग्रेस (वी पी) ले सरकारका जनविरोधी क्रियाकलापविरुद्ध शुक्रबार माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ । काँग्रेस (वी पी) ले भोलि दिउँसो १ बजे माइतीघर मण्डलामा भ्रष्टाचार र प्रतिपक्ष दलको मौनताको विरोध गर्दै विरोध प्रदर्शन गर्न लागेको बुधबार कार्यालय सचिव सुशीलराज वाग्लेद्वारा जारि विज्ञप्तिमा भनिएको छ । कार्यालय सचिव वाग्लेले जारि गरिएको विज्ञप्तिमा सरकारविरुद्धको विरोध प्रदर्शनमा नेपाली काँग्रेस (वी पी) का नेता-कार्यकर्ता, प्रजातन्त्रवादी, देशभक्त, राष्ट्रवादी, राष्ट्रप्रेमी सबै आम-जनसमुदाय सहभागी हुन् अपिल गरिएको छ ।

कार्यालय सचिव वाग्लेद्धारा आज जारी विज्ञप्तिमा निर्मला पन्त, सम्झना कामि लगायत मुलुकमा भएका बलात्कार र बलात्कारपछि हत्याका श्रृखंला अन्त्य गर्न दोषी पत्ता लगाई हँदैसम्मको कारबाही माग गर्ने, कुलमान घिसिङलाई पुर्न विद्युत प्राधिकरणको निर्देशकमा नियुक्तिको माग गर्ने, लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको नक्सालाई अन्तिमरुप दिन भारतसँग अविलम्ब वार्ता यदि वार्ता हुन नसके अन्तराष्ट्रियकरणको माग गर्न, हुम्ला लगायत भारत र चीनसँग जोडिएका सीमासम्बधी विवाद समाधानका लागि अविलम्ब छिमेकी मित्र राष्ट्रसँग संवाद, बन्द रहेका धार्मिकस्थलहरु खुल्ला गर्न, २०७२ सालको संविधान अनुसार भएको आम-निर्वाचनमा पराजित नेताहरुलाई चोर बाटो प्रयोग गरि राष्ट्रिय सभामा लागिएकोले सम्माननीय सर्वोच्च अदालतमा दायार भएको मुद्दालाई संविधानको मूल मर्म सहिरुपमा व्याख्या गर्न, कोरोना संक्रमणको नाममा भएको तिनै तहका सरकारको आम्दानी र खर्च विवरण सार्वजनिकको माग  लगायत १४ बुँदे माग गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस