ओज ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व र वर्तमान प्रधानमन्त्रीले रकम बाँडेको भनेर लगाइएको आरोप निराधार भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको भनाइ गैरजिम्मेवार भएको बताएका छन् ।
६५औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काम शुरु नभएको र हुन्छ वा हुँदैन भन्ने निश्चित नै नभएको परियोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्री समेतले अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको सुनेको बताए । प्रधानमन्त्रीले आफूहरु त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन नसक्ने भन्दै देश र जनतालाई गलत सूचना दिएर, भड्काएर, गलत बाटोमा लैजाने कुचेष्टा र त्यस्ता हर्कत गर्न नसक्ने पनि बताए।