आईपीएलमा आज आज दुई खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक १, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएलमा आज शनिबार दुई खेल हुँदैछन् । दिउँसो पौने ४ बजे सुरु हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सँग प्रतिस्पर्धा गर्नेछ । सिजनमा लगातार पाँच खेल हारेको राजस्थान आजको खेलमा जितको आशासहित मैदान प्रवेश गर्नेछ। उसलाई जित्नैपर्ने दबाब पनि छ ।

राजस्थानलाई आईपीएलको पछिल्लो खेलमा पनि बैंगलोरसँग बेहोरेको हारको बदला लिने अवसर पनि हुनेछ। उक्त खेलमा विराट कोहलीको टिमले ८ विकेटको जित निकालेको थियो । यस्तोमा प्रतियोगितामा अघि बढ्नका लागि राजस्थानलाई जित निकाल्नैपर्ने दबाब छ । राजस्थानमा बेन स्टोक्स र स्टिभ स्मिथजस्ता भरपर्दा खेलाडीसमेत छन् । जोफ्रा आर्चर पनि राजस्थानका बलिया बलर हुन् । उनीहरुको उत्कृष्ट खेलका बाबजुद राजस्थान अन्तिमबाट दोस्रो स्थानमा छ । राम्रो फर्ममा रहेको बैंगलोर १० अंकका साथ तेस्रो स्थानमा छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस