कार्तिक ३, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारले कोभिड १९ को बिरामीको उपचार बिरामी आफैंले गर्नुपर्ने निर्णय गरेर सर्वोच्च अदालतको आदेशको अवहेलना गरेको बताएका छन् ।
उनले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै सरकारको यस्तो निर्णय निन्दनीय, मानवता बिरोधी र मौलिक हक बिरोधी भएको समेत बताएका छन् ।