कार्तिक ६, काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको उनले जनाएका छन् । उनले आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको ट्वीट गरेर जानकारी दिएका हुन् ।