कार्तिक १८, काठमाण्डौ । राजपा नेपालका सहमहामन्त्री डा सुरेन्द्रकुमार झाले यो कम्युनिष्ट पार्टी देशको राजनीतिमा बोझ बाहेक केहि नभएको उल्लेख गरेका छन् । पार्टीको शिर्ष नेतृत्व भ्रस्ट, स्वेक्षाचारी , दिशाहिन देखिएको समेत आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस राख्दै उनले यो नेतृत्य प्रति असन्तुष्टि पोखेका छन् ।
उनको स्टाटस जस्ताको तस्तै :
नेपाल कम्युनिस्ट पार्टीको रेलमपेल ..
***********************************
नेकपालाई नेपाल कमाउनिष्ट पार्टीमा परिणत गर्ने वा गरेको रमिते बस्ने सम्पूर्ण सचिवालय सदस्यहरुको हातबाट पार्टीको बागडोर नाफुत्काए सम्म यो पार्टी देशको राजनीतिमा बोझ बाहेक केहि होला जस्तो लाग्दैन !
पार्टीको शिर्ष नेतृत्व भ्रस्ट, स्वेक्षाचारी , दिशाहिन देखिएका छन् ! दोस्रो पुस्ताले हस्तक्षेप नगरुन्जेल यिनी माखो समेत मार्ने छैनन् ! फेरी भाग बंडामा रमाउने छन् !
प्रचण्ड म क्रान्तिबिर हु भन्नु र मेरो हजुरबुवा संग हाती थियो भनेर सिकर लिएर घुम्दैमा अराजक एवम अफुताली प्राप्त के पी ओलीलाई कुनै फिकर हुदैन ! इझार नभएको पैजामा लाउनु जस्तोको अवस्थामा छन् जे एन खनाल , माधव नेपाल दहिचिऊरे आँट नभएको भांटले सहिको पक्ष्यमा पार्टी फ़ुटाउदैन बरु कचौरा थापेर बस्छन ओलीले देलान र खाउला भनेर ! यिनी सबै टेस्टेड छन्- पार्टी र सरकारको नेतृत्वमा ! तसर्थ अब तेस्रो पुस्ता खासगरेर जो लोभ र लाभबाट पर छन् तिनीहरुले नेकपाको नेतृत्व लिनु पर्छ ..म त्यो पार्टीको सदस्य नभएकोले सबै उर्जावान मित्रहरुलाई यहाँ उलेख गर्न सक्तिन तर जनार्दन शर्मा , भिमरावल, गोकर्ण बिष्ट , बर्षमान पुन, लेखनाथ न्यौपाने ,हिमाल शर्मा, ठाकुर गैरे, रामकुमारी झाक्री , महेश बस्नेत, घनश्याम भुसाल , योगेश भट्टराई , लागायतको साथीहरुले अहिलेको नेतृत्वलाई समुहगत प्रयास गरि प्रतिस्थापन गर्नु पर्छ ! वहाहरुले यो समुहलाई अझ ठुलो र समाबेशी बनाउनु पर्छ तर त्यो अदम्य साहस देखाउनु भएन भने बर्तमान नेतृत्वले सबै सकाउने निश्चित छ !
के पी ओलीको बिकल्प पुर्व युवराज पारस हुन सक्दैन र राजा महेन्द्रको गर्भ र पैसामा बनेका केहिथान कम्युनिस्ट कमरेडहरु पार्टीको शीर्ष स्थानमा पनि छन् तिनले कोसिस गर्लान तर बर्तमान युवापुस्ताले अहिलेको सिस्टमको बिकल्प कम्तिमा खोज्न दिनु हुदैन र दिदैनौ पनि ! दुनियाको कुनै ताकतले बंशको नरसंहार गर्नेलाई सतामा थापित गर्न सक्दैन ! हामी युवा पुस्ता सुशासन , सामबेशी , समृधि , रास्ट्र एकता तथा भबिस्यको सुनिस्चितता दिने गरि आगाडी आउनु पर्छ ! देशको सबै दलहरु दल-दलमा छन् र भ्रस्टचारी , दालाली गर्ने हरुको बोलबाला छ तसर्थ सबै दलहरुको युवा नेतृत्व बिच साझा संजाल र सहकार्यआवस्यक देखिन्छ ! जय होस !