नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक २१, शुक्रबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद राखेप ले अनुमति दिएको जनाएको छ । राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उनले उल्लेख गरे । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षण विहीन अवस्थामा छन् । आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस