सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली आईपिएलको फाइनलमा प्रवेश !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक २४, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाण्डौ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएल टी(ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आबुधाबीमा आइतबार राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो । यससँगै दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । अब दिल्लीले उपाधिका लागि साविक विजेता समेत रहेको मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ । हैदराबाद भने प्रतियोगिताबाट बाहिरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस