कार्तिक ३०, काठमाण्डौ । युईएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा जर्मनीले युक्रेनमाथि सहज जित निकालेको छ। रेड बुल एरेना लाइपजिगमा भएको खेलमा जर्मनीले युक्रेनलाई ३(१ गोलअन्तरले हराएको हो । जर्मनीको जितमा टिमो वेर्नरले दुई गोल गर्दा लेरोए सानेले १ गोल गरे । उता युक्रेनका लागि रोमन यारेमचुकले एक गोल फर्काए ।
खेलमा अग्रता भने युक्रेनले बनाएको थियो । खेलको १२ औं मिनेटमा गोल गर्दै युक्रेनलाई अघि बढाएका थिए। तर सानेको गोलमा जर्मनीले २३ औं मिनेटमा खेल बराबरीमा ल्यायो। त्यस्तै ३३ औं मिनेटमा वेर्नरले गोल गर्दा पहिलो हाफमा जर्मनी २(१ गोलले अघि रह्यो । दोस्रो हाफमा वेर्नरले नै अर्को गोल थप्दा जर्मनीले युक्रेनमाथि ३(१ को सहज जित निकाल्यो । वेर्नरले अर्को गोल ६४ औं मिनेटमा गरेका थिए । जितसँगै जर्मनी समूह डी को शीर्षस्थानमा उक्लिएको छ । जर्मनीको ५ खेलबाट ९ अंक छ भने गएरातिको खेलमा बराबरीमा रोकिएको स्पेन ८ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै तेस्रो र चौथो स्थानमा क्रमश ६ र ३ अंक जोडेका युक्रेन र स्वीजरल्याण्ड छन् ।