नेपालको एकदिवसीय मान्यता एक वर्ष थपियो !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर ४, बिहिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता एक वर्ष थप गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार आइसिसीले नेपालको एकदिवसीय मान्यता थप एक वर्ष लम्ब्याएको हो । नेपालले सन् २०१८ मार्च १५ तारिखमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो। चार वर्षको लागि पाएको मान्यता गत मार्चदेखि कोरोना भाइरसको कारण क्रिकेट गतिविधि ठप्प भएपछि आइसिसीले एक वर्ष मान्यता थप गरेको हो ।

नेपालको एकदिवसीय मान्यता २०२२ मा सकिँदै थियो तर एक वर्ष थप गरेपछि अब २०२३ सम्म रहनेछ । सन् २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोटमा नेपालले प्लअफ खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले र नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो पटक मान्यता पाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस