युरोपा लिगमा टोटेनहमको फराकिलो जित,जितसँगै ९ अंक प्राप्त

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर १२, शुक्रबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाण्डौ । यूईएफए युरोपा लिगमा टोटेनहम हट्सपरले लुडोगोरेट्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । ब्राजिलियन फरवार्ड कार्लोस भिनिसियसको उत्कृष्ट प्रदर्शनमा टोटेनहम ४-० ले विजयी भएको हो । खेलको १६औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

३४औँ मिनेटमा भिनिसियसले नै गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । ६३औँ मिनेटमा ह्यारी विङ्क्सले गोल गर्दै अग्रता फराकिलो पारे । ७३औँ मिनेटमा भिनिसियसको पासमा गोल गर्दै लुकास मौराले चार शुन्य गोलको जित सुनिश्चित गरे । जितसँगै टोटेनहमले ९ अंक बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस