समाजसेवी जगत लामाले हाप्किडो संघलाई दिए पचास हजार, ३८ जना खेलाडीहरूद्धारा बेल्ट ग्रेडिङ !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर १३, नुवाकोट । नुवाकोट बेल्कोटगढी नगरपालिका वडा नम्बर ४ मा रहेको नुवाकोट मार्सल आर्ट्स हाप्किडो संघको जुनियर बेल्ट ग्रेडिङ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । हेल्थ एण्ड एजुकेशन फर नेपालका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी जगत बहादुर गुरुङको प्रमुख आतिथ्यता, हाप्किडो संघका अध्यक्ष मनोज गुरुङको सभाध्यक्षता र वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र बहादुर लामा (जनम), नेकपा जिल्ला कमिटी सदस्य एवम् जिल्ला युवा संगठनका इन्चार्ज प्रकाश लामा (सुरज) को आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । हाप्किडोका बेल्ट ग्रेडिङ कार्यक्रममा नेपाल मार्सल आर्ट्स हाप्किडो संघको केन्द्रीय सहायक प्रशिक्षक प्रविण गुरुङ ले बेल्ट ग्रेडिङ गराएका थिए । कार्यक्रममा ब्राउन बेल्ट १० जना,ग्रीन बेल्ट १० जना,एल्लो बेल्ट ७ जना, ब्लु बेल्ट ५ जना र अरेन्ज बेल्ट ६ जना गरेर जम्मा ३८ जना खेलाडीहरूले बेल्ट ग्रेडिङ गरेका छन् ।

कार्यक्रममा १५ अक्टोबर २०२० मा आयोजित दोस्रो भर्चुअल राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि स्वर्ण पदक,रजत पदक र कास्य पदक प्राप्त गरि विजेता हासिल गर्ने सफल खेलाडीहरुलाई सम्मान स्वरुप सम्मान पत्र प्रमुख अतिथि बाट वितरण गरिएको छ । बेल्कोटगढी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि चन्द्र बहादुर लामाले आगामी आवमा हाप्किडोको खेलकुद कबडहल निर्माणका लागि कम्तीमा तीन लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन् । बाँकेको नेपालगन्जमा यहि महिनाको २०,२१ र २२ मा आयोजित चौथो राष्ट्रिय हाप्किडो प्रशिक्षक सेल्फडिफेन्स शैक्षिक नेतृत्व तथा रेफ्री सेमिनार २०२० को कार्यक्रममा नुवाकोट मार्सल आर्ट्स हाप्किडो संघको खेलाडीहरू समेत सहभागी हुने भएकाले समाजसेवी जगत लामाले उक्त कार्यक्रमका लागि सहयोग स्वरुप रु पचास हजार रुपैयाँ प्रदान गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस