इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड लिगबाट बाहिरियो !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर २४, बुधबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाण्डौ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा पराजित भएसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड लिगबाट बाहिरिएको छ । आरबी लाइप्जिकको मैदानमा सम्पन्न खेलमा घरेलु टिमसँग ३–२ गोलको हार बेहोर्दै युनाइटेड बाहिरिएको हो । प्रतिस्पर्धात्मक खेलमा जितसहित लाइप्जिक भने च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । लाइप्जिक गत वर्षको च्याम्पियन्स लिगमा अन्तिम चारसम्म पुगेको थियो ।

साथै ६१ औं मिनेटमा मैदान छिरेका पाउल पोग्वाले गोल गरेपछि युनाइटेड ३–२ गोलले पछि परेको थियो । तर अन्य गोल थप्न नसक्दा युनाइटेडले समूह चरणबाटै लिगको आगामी यात्रामा पूर्णविराम लगाएको छ । पराजित युनाइटेड अंकतालिकाको तेस्रो स्थानमा छ भने लाइप्जिक १२ अंकका साथ दोस्रो स्थानमा छ । यसअघि शीर्षस्थानका पीएसजी, लाइप्जिक र युनाइटेडको समान ९ अंक थियो । लिगमा समूह एचकै अर्को खेल भने स्थागित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस