मंसिर २५, काठमाडौं । यसै वर्ष फागुनमा गण्डकी प्रदेशमा आयोजना गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा नहुने लगभग पक्का भएको छ । यद्यपि राष्ट्रिय खेलकुद परिषदले अहिलेसम्म खेलकुद प्रतियोगिता तोकिएको मितिमा नहुने घोषणा गरेको छैन र अर्को मिति पनि तोकेको छैन । तर प्रतियोगिताका लागि गर्नुपर्ने तयारी केही गरिएको छैन ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परियद राखेपमा आयोजना भएको अन्तर्क्रिया कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वाकर्माले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन् ।