एन्फामा बालगोपाल महर्जनलाई कार्यवाहक जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर २६, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २६, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाले बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिएको छ । मुख्य प्रशिक्षक योहान कालीनले राजीनामा दिएपछि महर्जनलाई कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा दिइएको संघले जनाएको छ । नोभेम्बर एकदेखि लागू हुनेगरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएर कालीन स्वीडेन फर्किएका एन्फाले जनाएको छ ।

कालीनको राजीनामालाई एन्फाको कार्यसमितिले पारित गरिसकेको छ । सन् २०१९ को मार्च एक तारिखमा कालीनलाई एन्फाले मुख्य प्रशिक्षकका रुपमा नियुक्ति गरिएको थियो । उनले नेपाली फुटबल टिमलाई अन्तिम पटक मार्च २१ मा प्रशिक्षण दिएका थिए । उनको प्रशिक्षणमा नेपाली टिमले ११ खेल खेल्दा एक खेल जितेको थियो भने दुई खेलमा बराबरी र आठमा हार व्यहोरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस