मंसिर २६, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा ले महिला तथा पुरुष राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई समान तलब दिने निर्णय गरेको छ । बिहिवार बसेको एन्फा कार्यसमिति बैठकले महिला र पुरुष दुवै टोलीको तलब वृद्धि गर्दै समान तलब दिने निर्णय गरेको हो ।
यसअघि एन्फाले पुरुष खेलाडीलाई मासिक १५ हजार तथा महिलालाई मासिक ७ हजार दिँदै आएकोमा अब दुवै टोलीका सदस्यलाई जनही १८ हजार तलब प्रदान गर्ने निर्णय गरेको हो । साथसाथै फिफा रेफ्रीको तलब पनि साविकको ६ हजार बाट बढेर मासिक १० हजार रुपैयाँमा पुगेको छ ।